चलचित्र ‘देश खोज्दै जाँदा‘ एडीलेडमा प्रदर्शन हुदै - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

चलचित्र ‘देश खोज्दै जाँदा‘ एडीलेडमा प्रदर्शन हुदै



साउथ अस्ट्रेलिया |

नेपाली भाषी भुटानीहरुको शिविर बसाइको वास्तविक कथामा आधारित चलचित्र “देश खोज्दै जाँदा” साउथ अस्ट्रेलियाको एडीलेडमा प्रदर्शन हुने भएको छ। एडीलेड भलुन्टर्स युथको आयोजनामा यहि २९ अक्टोबरमा मर्करी सिनेमा हलमा उक्त चलचित्र बिहान ११:३० मा प्रदर्शन हुने आयोजक मध्येकी बिष्णु तामांगले बताईन । तामांगका अनुसार एडीलेड प्रदर्शनको लागि फिल्मका निर्देशक प्रकाश आङदेम्बे पनि सहभागी हुनेछन। चलचित्रको बारेमा थप्दै तामांगले भनिन ” यो चलचित्र मात्र होइन , नेपाली भाषी भुटानीहरुको दस्ताबेज हो , यसले हाम्रा वास्तविक संघर्षको कथा बोकेको छ” ।१० वर्षको भुटानी शरणार्थी जिवनलाई नियालेर आङदेम्बेले बनाएको यस चलचित्रले मुल धारका चलचित्रभन्दा छुट्टै किसिमको मौलिकता बोकेको छ ।

दिल्लीमा आयोजित दादासाहेब फालके अन्तर्राष्ट्रिय फिल्म महोत्सवको छैटौं संस्करणमा समेत प्रदर्शन गरिएको उक्त चलचित्रमा हेमन्त बुढाथोकी, बाबु बोगटी, अरुणा कार्की, मिना कोइराला, एलपि जोशी, केशव आचार्य, शिवशंकर थापा, टंक विकल्प, प्रताप सुब्बा, प्रकाश बुढाथोकी लगायतले अभिनय गरेका छन् ।

DESH KHOJDAI JANDA | TRAILER |

 

 

14543756_973363929440749_7205946294011842872_o