क्रिकेट: इंग्ल्यान्डबिरुद्धको खेलमा भारतको कीर्तिमानी जीत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्रिकेट: इंग्ल्यान्डबिरुद्धको खेलमा भारतको कीर्तिमानी जीत



एजेन्सी । इंग्ल्यान्डसँगको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा भारतले जित हात पारेको छ । भारतले इंग्ल्यान्डलाई ८ विकेटले जित हात पारेको हो ।

२६९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको भारतले ४०.२ ओभरमा नै २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । भारतका लागि रोहित शर्माले उत्कृष्ट प्रदर्शन गर्दै शतकीय पारी खेले । उनले अविजित १३७ रन बनाए । ११४ बलको सामना गरेका रोहितले १५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, भारतको जितमा कप्तान विराट कोहलीले ७५ र शिखर धवनले ४० रन बनाए ।

यसअघि ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम इंग्ल्यान्डले निर्धारित ओभर सकिन १ बल बाँकी छदा सबै विकेटको क्षतिमा २६८ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोस बुट्लरले ५३ र बेन स्टोक्सले ५० रन बनाएका थिए । भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । कुलदीपले इंग्ल्यान्डका ६ विकेट लिए । १० ओभर बलिङ गरेका कुलदीपले २५ रन मात्रै खर्चेका थिए । त्यस्तै, भारतका लागि उमेश यादवले २ विकेट लिए ।