इङ्ल्यान्ड र क्रोएसियाको भाग्यको फैशला आज - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इङ्ल्यान्ड र क्रोएसियाको भाग्यको फैशला आज



काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बुधबार हँदैछ । रुसको लुजनिकी स्टेडियममा नेपाली समय अनुसार राति ११.४५ बजे इङ्ल्यान्ड र क्रोएसिया एक आपसमा भिड्दै छन् । लामो समयपछि सेमिफाइनलमा पुगेका युरोपियन टिम बीचको खेललाई पनि निकै महत्वका साथ हेरिएको छ ।

इङ्ल्यान्ड सन् १९६६ को विश्वविजेता हो भने क्रोएसिया अहिलेसम्म विश्वकप फुटबलको फाइनलमा पुग्न सकेको छैन । क्रोएसियाको सेमिफाइनल पुग्नु अहिलेसम्मको ठूलो सफलता हो । त्यसैले दुवै टिम आधुनिक फुटबलको उपाधी रक्षा गर्ने दाउमा रहेका छन् ।

यी दुई टिम बीचको विजेता टोलीले उपाधिका लागि आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, पराजित टिमले तेस्रो स्थानको लागी बेल्जिमको सामना गर्नेछ । मंगलबार राति भएको पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–० ले पराजीत गरेर फाइनलमा पुगिसकेको छ ।