आईएनजीओमाथि छानबिन सुरु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

आईएनजीओमाथि छानबिन सुरु



काठमाडौं : गृह मन्त्रालयले सञ्चालनका क्रममा रहेका रहेका तथा सञ्चालनका लागि सरकारबाट स्वीकृति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आईएनजीओ) को करिब एक खर्ब रुपैयाँमाथि छानबिन अघि बढाएको छ।

काठमाडौंबाट प्रकाशित कारोबार दैनिकका अनुसार सञ्चालनमा रहेका र आर्थिक वर्ष२०७५ ७६ बाट सञ्चालन अनुमति पाएका आईएनजीओको करिब एक खर्ब रुपैयाँ तथा त्यसका सञ्चालक कर्मचारीको चलअचल सम्पत्तिमा गृह मन्त्रालयले छानबिन तथा अनुसन्धान थालेको हो।

सम्पत्ति छानबिन र आईएनजीओ नियमन र निगरानीअन्तर्गत नै एक महिनाभित्र सबै विवरण उपलब्ध गराउन गृह मन्त्रालयले अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिसकेको छ।