इंग्ल्यान्डलाई जित निकाल्न सहज : श्रीलंका सस्तोमै समेटियो - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

इंग्ल्यान्डलाई जित निकाल्न सहज : श्रीलंका सस्तोमै समेटियो



एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २ सय ३३ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक अविजित ८५ रनको योगदान दिए । उनले १ सय १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर दिमुथ करुणारत्नेलाई जोफ्रा आर्चरले दोस्रो ओभरमा अन्तिम बलमा विकेटकीपर जस बटलरबाट क्याच गराउँदै १ पेभिलिएन फर्काएका थिए । लगत्तै दुई बलपछि अर्का ओपनर कुशल परेरा २ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि अबिष्का फर्नान्डो र कुशल मेन्डिसले ५९ रनको साझेदारी गर्दै दबाब कम गरेका थिए । १३ ओभरको पाँचौ बलमा मार्क उडले आदिल राशिदबाट फर्नान्डोलाई ४९ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि मेन्डिस र मेथ्यिुजले ७१ रनको साझेदारी गर्दै इनिङ उकासे । ३० ओभरको चौथो बलमा आदिल राशिदले कप्तान इओन मोर्गनबाट क्याच गराउँदै मेन्डिसलाई ४६ रनमा पेभिलिएन फर्काए । लगत्तै अर्को बलमा राशिदले जीवन मेन्डिसलाई शुन्यमा आउट गरे । धनञ्जय डी शिल्भा २९,तिसेरा परेरा २,इसुरु उडाना ६ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले १० ओभरमा २ मेडन सहित ५२ रन खर्चेर ३ विकेट लिए । मार्क उडले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट हात पारे । आदिल राशिद २ र क्रिस वोक्सको नाममा १ विकेट रह्यो ।