उपाधि दावेदार इंग्ल्यान्डलाई पाकिस्तानले यसरी हरायो - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

उपाधि दावेदार इंग्ल्यान्डलाई पाकिस्तानले यसरी हरायो



एजेन्सी – एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत सोमबार पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ ।

इंग्ल्यान्डका जो रुट र विकेटकीपर जस बटलरले शतक प्रहार गरेपनि इंग्ल्यान्ड १४ रनले पराजित भएको हो । इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गरेको छ ।

जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन बनायो । रुट र बटलरले शतक प्रहार गरेपनि अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।

३८ ओभरको दास्रो बलमा १ रन बटुल्दै रुटले ९७ बलमा शतक पुरा गरे । रुटको वान डे करियरको १५ औं तथा जारी विश्वकपको पहिलो शतक थियो । ३९ ओभरको पाँचौ बलमा शादब खानले मोहम्मद हफिजबाट क्याच आउट गर्नु अघि रुटले १ सय ४ बलमा १० चौका र १ छक्का १ सय ७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै विकेटकीपर जस बटलरले पनि सानदार शतक गरेपनि जितको लागि प्राप्त भएन । बटलरले ४५ ओभरको दोस्रो बलमा मोहम्मद आमिरलाई चौका प्रहार गर्दै ७५ बलमा शतक पुरा गरेका थिए । बटलरको यो वान डे करियरको ९ औं शतक हो । शतक प्रहार गरेको लगत्तै अर्को बलमा वहाब रियाजलबाट क्याच हुँदै १ सय ३ रनमा पेभिलिएन फर्किएपछि इंग्ल्यान्डको जित कठिन बनेको थियो । बटलरले ७६ बलमा ९ चौका र २ छक्का प्रहार गरे ।

वहाब रियाजले ४८ ओभरको पाँचौ बलमा मोइन अलीलाई १९ रन र छैटौं बलमा क्रिस वोक्सलाई २१ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो । पाँचौ विकेटका लागि रुट र जस बटलरले १ सय ३० रनको साझेदारी गरेपनि इंग्ल्यान्डलाई जिताउन सकेनन् ।
इंग्ल्यान्डले ओपनर जोसन रोयलाई तेस्रो ओभरको पहिलो बलमा ८ रनमा गुमाएको थियो । रोयलाई शादब खानले एलपी डब्लू आउट गरे ।
नवौं ओभरको अन्तिम बलमा वहाब रियाजले विकेटकीपर शरफराज अहमिदबाट क्याच गराउँदै जोनी वेयरस्टोलाई ३२ रनमा पेभिलिएन फर्काए । जोनीले ३१ बलमा ४ चौका प्रहार गरे ।

१५ ओभरको पाँचौ बलमा मोहम्मद हफिजले कप्तान इओन मोर्गनलाई ९ रनमा बोल्ड आउटगरेपछि इंग्ल्यान्ड दबाबमा परेको थियो । बेन स्टोक्स १३ रनमा आउट भए । जोफ्रा आर्चर १ रनमा आउट भए । मार्क उड ६ र आदिल राशिद ७ रनमा अविजित रहे ।
पाकिस्तानका लागि वहाब रियाजले १० ओभरमा ८२ रन खर्चेर ३ विकेट लिए । सादब खान र मोहम्मद आमिरले समान २ विकेट लिए । मोहम्मद हफिज र सोएब मालिकको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय रन ४८ रन बनायो । विश्वकपमा इंग्ल्यान्डविरुद्ध कुनै पनि टिमले बनाएको यो हालसम्मकै उच्च लक्ष्य थियो । उसका लागि अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले सर्वाधिक ८४ रनको योगदान दिए । ४३ ओभरको चौथो बलमा मार्क उडले क्रिस वोक्सबाट क्याच गराउनु अघि हफिजले ६२ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

३३ ओभरको पाँचौ बलमा मोइन अलीले क्रिस वोक्सबाट क्याच गराउनु अघि युवा ब्याट्सम्यान बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्का सहित ६३ रनको महत्वपूर्ण योगदान दिए । ओपनर फरार जमान र इमाम उल हकले १४.१ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । मइन अलीले स्टपिङ आउट गराउनु अघि ४० बलमा ६ चौका प्रहार गर्दै ३६ रनमा आउट भए ।

२१ औं ओभरको पहिलो बलमा क्याच आउट हुनु अघि अर्का ओपनर हकले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बटुले । कप्तान शरफराज अहमिदले ४४ बलमा ५ चौका सहित ५५ रन जोडे । आशिफ अली १४ रनमा आउट भए । सोएब मलिक ९,हसन अली १०, वहाब रियाज ४, र सादव खानले १० रन बटुले ।

इंग्ल्यान्डका लागि मोइन अलीले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । त्यस्तै क्रिस वोक्सले ८ ओभरमा १ मेडन सहित ७१ रन खर्चेर ३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।