इंग्ल्याण्डमाथि बंगलादेशले जीत निकाल्ला त ? - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

इंग्ल्याण्डमाथि बंगलादेशले जीत निकाल्ला त ?



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) एक खेल हुँदैछ ।

कार्डिफमा शनिबार हुने एक मात्र खेलमा आयोजक इंग्ल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

सोफिया गार्डेन्समा इंग्ल्याण्ड र बंगलादेश दोस्रो जितको खोजीमा हुने छन् । दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा रहेका छन् । दुवैले अघिल्ला २ खेलमा एक जित र एक हार व्यहोरेका छन् ।

इंग्ल्याण्डले पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई पराजित गरेको थियो । तर, दोस्रो खेलमा इंग्ल्याण्ड पाकिस्तानसंग स्तब्ध भएको थियो ।

पाकिस्तानसंग पराजित इंग्ल्याण्ड बंगलादेशसंग भने शर्तक रहने छ । इंग्ल्याण्ड बंगलादेशलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ ।

यता, पहिलो खेलमा दक्षिण अफ्रीकालाई नै हराएको बंगलादेश घरेलु टिमविरुद्ध उक्त नतिजा कायम राख्न चाहन्छ । बंगलादेश दोस्रो खेलमा भने न्युजिल्याण्डसंग पराजित भएको थियो ।

दुई टोलीबीचको पछिल्ला नतिजा घरेलु इंग्ल्याण्डको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा इंग्ल्याण्डले ४ खेल जितेको । बंगलादेशले एक जित निकालेको छ ।