इङ्ल्यान्डद्वारा बंगलादेशलाई विशाल लक्ष्य - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

इङ्ल्यान्डद्वारा बंगलादेशलाई विशाल लक्ष्य



एजेन्सी । आयोजक इङ्ल्यान्डले जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । सोफिया गाड्रेनमा भैरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८६ रन पुरा ग¥यो । इङ्ल्याण्डका लागि जेसन रोएले शतकीय पारी खेले । १ सय २१ बल खेलेका उनले १४ चौका र ५ छक्काको सहयोगमा १ सय ५३ रन बनाए । जारी विश्वकपमा रोएले बनाएको प्रतियोगिताकै सर्वाधिक रन हो ।

त्यस्तै उनीसँगै ओपनरमा आएका जोन्नी बेयरिस्टाले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ६ छक्काको सहयोगमा ५१ रन बनाए । रोए र बेयरिस्टाले १ सय २८ रनको पार्टनरसिप गरे । इङ्ल्याण्डका लागि जोस बटलरले पनि अर्धशतकीय पारी खेले । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४४ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६४ रनको योगदान गरे । इङ्ल्याण्डको विशाल लक्ष्य बनाउने क्रममा कप्तान इयान मोर्गनले ३५ रन जोड्दा लियाम प्लंकेट २७, जोए रुट २१ र क्रिस वक्स १८ रनको योगदान गरे ।

बलिङतर्फ बंगलादेशका लागि मेहिदी हसन मिराज र मोहम्मद सैफुदीनले समान दुई–दुई विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमान र मस्राफेले समान एक–एक विकेट लिए ।