दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले भारतलाई हरायो - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले भारतलाई हरायो



काठमाडौं– भारत विरुद्धको दोस्रो एकदिवसीय खेलमा इंग्ल्यान्ड विजयी भएको छ। शनिबार भएको खेलमा इंग्ल्यान्डले भारतलाई ८६ रनले पराजित गरेको हो। योसँगै तीन खेलको सिरिज १–१ को बराबरी भएको छ।

इंग्ल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा २ सय ३६ रनमा अलआउट भयो। भारतका लागि विराट कोहलीले ४५ र सुरेश रैनाले ४६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। बलिङतर्फ इंग्ल्यान्डका लियाम प्लुङकेटले ४ विकेट लिए। डेभिड विलि र अदिल रसिदले २–२ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २२ रन जोड्यो। उसका लागि जोएर रुटले १ सय १३ रन जोडे। इयान मोर्गानले ५३ रन र डेभिड विलिले ३१ बलमा नटआउट ५० रन जोडे। बलिङमा भारतका कुलदीप यादवले ३ विकेट लिए।