इन्द्रेणी क्लबको रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले रक्तदान गरे - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

इन्द्रेणी क्लबको रक्तदान कार्यक्रम सम्पन्न,४५ जनाले रक्तदान गरे



ओम प्रकाश बानियाँ

बराह नगरपालिकामा स्थापित संस्था इन्द्रेणी क्लबले २०७४ माघ १५ गते सोमबारका दिन रक्तदान कार्यक्रम सम्प्पन्न गरेको छ ।

महान् सहिदहरूको सम्झनामा आयोजना गरिएको उक्त बृहत् रक्तदान कार्यक्रम बराह नगरपालिकाको ३,४,५ को संयुक्त वडा कार्यालयको अगाडि सञ्चालन भएको थियो । बिहान् ८ बजे देखि सञ्चालन भएको उक्त बृहत् रक्तदान कार्यकममा बराह नगरपालिकाका सम्पूर्ण वासीहरू उत्साहका साथ सहभागी भएका थिए ।

उक्त रक्तदान कार्यक्रममा ४५ जना रक्त दाताहरूले रगत दिई सहयोग गरेको कुरा क्लबका अध्यक्ष कृष्ण ढकालले बताउनु भयो । ढकालले अन्त्यमा बोल्नु हुँदै सबैलाई धन्यवाद र आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

इन्द्रेणी क्लबले बर्सेनि रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्लबले यो १५ औँ रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।