इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प : यस्तो छ अवस्था - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प : यस्तो छ अवस्था



जाकार्ता- इन्डोनेसियाको दक्षिण प्रान्त मलुकुमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ९ः५३ मा ७.७ म्याग्निच्युडको भूकम्पको धक्का महशुष गरिएको इन्डोनेसियाको भूगर्भ विभागले जनाएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उता अमेरिकी भौगर्भिक अध्ययन गर्ने संस्था युएसजिएसले भने भूकम्पको धक्का ७ दशमलब ३ रिक्टर स्केलको रहेको जनाएको छ।

मलुकुको बारट्डयाबाट २ सय ४५ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु भएर भूकम्प गएको एजेन्सीकी इन्डी अफ्रान्टिएनाले बताइन्। उनका अनुसार भूकम्प समुद्रको सतहबाट २ सय ३१ किलोमिटर भित्र गएको हो।

भूकम्पबाट सुनामी आउनसक्ने सम्भावना भने अफ्रान्टिएनाले स्पष्ट पारिन्। उनले भनिन्, ‘समुद्र सतहबाट धेरै तल भूकम्पको केन्द्र रहेकोले यसले सुनामी ल्याउनसक्ने ल्याकत राख्दैन। यसकारण सुनामीको कुनै सम्भावना देखिन्न।’

भूकम्पको धक्का भने ठूलै महशुस गरिएको इन्डोनेसियाका स्थानीयहरुले बताएका छन्। जनधनको क्षतिबारे भने हालसम्म केही जानकारी प्राप्त भएको छैन।

उक्त स्थानमा पटक-पटक पराकम्पन पनि आइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

इन्डोनेसिया अवस्थित भूगोल कमजोर भौगर्भिक प्लेटमा अवस्थित रहेकोले यहाँ धेरै भूकम्प जाने गरेको छ।

फाइल तस्बिर