इन्डोनेसियामा ज्वालामुखी विस्फोट - धूवाँको मुस्लोले ढाक्यो गाउँ - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

इन्डोनेसियामा ज्वालामुखी विस्फोट – धूवाँको मुस्लोले ढाक्यो गाउँ



काठमाडौं – इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा दुई हजार मिटरसम्म धूवाँ र खरानी वरपरका गाउँमा फैलिएका छन् ।

सुमात्रा टापुमा माउन्ट सिनाबुङ ज्वालामुखी सन् २०१० देखि सक्रिय छ र सन् २०१६ मा यो चर्को गरी विस्फोट भएको थियो ।

प्राकृतिक विपत व्यवस्थापन अधिकारीहरूले ज्वालामुखी विस्फोट भएकाले विमानहरूको उडानमा असर पर्न सक्ने बताएका छन् । तर उक्त क्षेत्रमा नजानू भनी कुनै औपचारिक सूचना जारी गरिएको छैन ।

ज्वालामुखी विस्फोट हुँदा कोही पनि हताहत भएको जानकारी छैन र विपत व्यवस्थापन निकायले मानिसलाई सुरक्षित स्थानमा जान पनि भनेका छैनन् ।

सिनाबुङ ४०० वर्षमा पहिलोपटक सन् २०१० मा सक्रिय भएको थियो । केही समय शान्त रहेपछि सन् २०१३ मा यो सक्रिय भएको थियो र बलिरह्यो ।

सन् २०१६ मा ज्वालामुखी विस्फोट हुँदा सातजनाको मृत्यु भएको थियो । सन् २०१४ मा १६ जना मारिएका थिए ।

एजेन्सी