ईन्दिरा गान्धी विमानस्थलमा ठुलो मात्रामा विस्फोटक पदार्थ भेटियो - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

ईन्दिरा गान्धी विमानस्थलमा ठुलो मात्रामा विस्फोटक पदार्थ भेटियो



नयाँ दिल्ली- ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा झोलामा ठुलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ । ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा शंकास्पद झोला भेटिएको हो ।

शुक्रवार राती १ बजे शंकास्पद झोला भेटिएको अधिकारीहरुले पुष्टि गरेका छन् । गेट नम्बर २ को द्वार छेउमा आगमन टर्मिनलमा यो झोला सीआइएफ अधिकारीले भेटाएका हुन् ।

कालो रगंको उक्त झोलालाई तत्कालै त्यहाँबाट हटाएर चिसो पिट भित्र राखिएको छ जस्ले गर्दा यसको बिष्फोटलाई रोक्न सकिने हुन्छ । केहि समयका लागि आगमन रोकिएको र यात्रुहरुमा कोलाहल मचिएको थियो, टर्मीनल ३ अगाडिको बाटो पनि बन्द गरिएको थियो ।

भारी मात्रामा सुरक्षाकर्मी र बिशेष कुकुरहरु विमानस्थल वरपर परिचालन गरिएको थियो । यि बिष्फोटक पदार्थहरुको प्रकृतिका बिषयमा भनें केहि खबर आएको छैन ।

ईन्दिरा गान्धी विमानस्थलमा अहिले सुरक्षा ब्यबस्था कडा बनाइएको छ ।