धरासायी बन्यो इन्डिगो एयरलाइन्स
एजेन्सी- चरम आर्थिक संकटमा परेपछि भारतिय एयरलाइन्स इन्डिगोले १० प्रतिशत कर्मचारी घटाउने तयारी गरेको छ । कोरोना महामारीको कारण देखाउँदै इन्डिगोले कर्मचारी कटौति गर्न लागेको बताइएको छ ।
उडानको माग धराशायी भएको कारण आएको आर्थिक मन्दिले उक्त निर्णय लिन परेको जनाइएको छ। एयरलाइन्सका करिव २४ हजार र्कमचारी मध्ये अब २ हजार ४ सयले जागिर गुमाउने भएको छ ।
इन्डिगोका प्रमुख कार्यकारिणी अधिकारी रानोजोय दत्ताले लगानीकर्ताहरुलाई लेखिएको पत्रमा उल्लेख गरिएको छ , ‘ हाम्रो व्यापार संचालनलाई दिगो बनाउने हो भने केहि त्याग नगरिकन हाम्रो कम्पनीलाई आर्थिक आँधिसंग भिड्न असम्भव हुन्छ । ’
भारतले कडा लकडाउन लगाएपछि थुप्रै महिना यो एयरलाइन ग्राउन्डेड भएको हो । अहिले पनि यस एयरलाइन्सको शेयर बजार ४८ दशमलव ९ प्रतिशत रहेको छ ।
यस वर्ष एयरलाइन्सको ८४ अर्व अमेरिकी डलर भन्दा बढि घाटा हुने भविष्यवाणी गरिसकेको छ । महामारी कारण थुप्रै विमान कम्पनिहरुले आफ्ना कर्मचारी कटौती गर्ने निर्णय गरिरहेको छ।