भारतीय सर्वोच्च अदालतको वेबसाइट ह्याक
नयाँ दिल्ली (भारत) । बिहीवार भारतको सर्वोच्च अदालतको वेबसाइट केही समयका लागि ह्याक भएको छ । यसमा ब्राजिलको कुनै ह्याकर समूहको हात रहेको दाबी गरिएको छ ।
वेबसाइट ह्याक भएपछि यसको पेजमा हाइटेक ब्राजिल ह्याकटिम लेखिएको थियो । यसअघि अप्रिल ६ मा भारतको रक्षा मन्त्रालयको वेबसाइट पनि ह्याक भएको थियो ।
केही समयपछि भने वेबसाइट ह्याक भएको नभई प्राविधिक कमीकमजोरीका कारण डाउन भएको समाचार आएको थियो । एजेन्सी