भारतीय दूतावास अगाडी पुगेर अनेरास्ववियुले जलायो नक्सा - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

भारतीय दूतावास अगाडी पुगेर अनेरास्ववियुले जलायो नक्सा



काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले लैनचौरस्थित भारतीय दूतावास अगाडी भारतले जारी गरेको नयाँ नक्सा जलाएको छ ।

शुक्रबार दुतावास अगाडी अगाडि प्रदर्शन गर्दै नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै बिरोध समेत गरेका छन् । भारतले नया नक्सा सार्वजनिक गरेपछि अनेरास्ववियु देशभर प्रदर्शन भैरहेको छ ।

प्रदर्शनपछि आयोजित विरोध सभामा अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले भारतले सार्वजनिक गरेको नक्सालाई कुनै पनि नेपालीले नस्वीकार्ने उल्लेख गर्दै सरकारले चाहेमा सीमामा गएर रक्षा गर्न आफूहरु तयार रहेको बताए। उनले नेपालमाथि गिद्दे दृष्टि नलगाउन भारतलाई आग्रह गर्दै यो मुद्दालाई अन्तर्राष्ट्रिय तहमा लैजाने बताए। तामाङले सीमा मिचिएका २३ वटै जिल्लाको सीमा समस्या सुल्झाउनु पर्ने माग गर्दै सरकार आफ्नो धारणामा पछि नहट्न आग्रह गरे।