भारतीय नागरिकलाई खोज्दै पक्राउ गर्दै प्रहरी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतीय नागरिकलाई खोज्दै पक्राउ गर्दै प्रहरी



पर्सा- जिल्ला प्रशासन कार्यलय पर्साले भारत जान भनेर विभिन्न ठाउँबाट आएका चार सय भन्दा धेरै भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरूलाई वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तको भनाई छ ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म रक्सौल पुगेका उनीहरूलाई अहिले क्याम्पसभित्र होल्डिङमा राखिएको उनले बताईन् । काठमाडौं, पोखरा लगायत ठाउँबाट ती भारतीय नागरिक आफ्नो देश जान नाका रक्सौल पुगेका हुन्।

यसअघि नेपाल र भारतबीच आफ्नो सीमामा रहेका एकअर्काका नागरिकलाई सम्बन्धित देशमा नै व्यवस्थापन गर्ने निर्णय भएको थियो ।