भारतमा मन्त्री नै क्वारेन्टाइनमा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतमा मन्त्री नै क्वारेन्टाइनमा



काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा भारतमा मोदी सरकारका एक मन्त्री नै क्वारेन्टाइनमा बसेका छन्।

केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री भी मुरलीधरन घरमै क्वारेन्टाइनमा बसेका हुन्।

हालै केरलाको एक सम्मलेनमा पुगेर फर्केका मन्त्रीले आफ्लाई घरमै क्वारेन्टाइनमा राखेका हुन्। सो सम्मेलनमा एक कोरोना भाइरस (कोभिड–१९) संक्रमित डाक्टर पनि सहभागी भएको पुष्टि भएपछि उनले आफूलाई क्वारेन्टाइनमा राखेका हुन्।

घरमै क्वारेन्टाइनमा बसेका उनले कोरोनाको परीक्षण पनि गराएका छन्। यद्यपि उनको रिपोर्ट अहिलेसम्म आएको छैन।

यसैबीच कोरोना भाइरसको कारण मुलुकमा थप एकजनाको मृत्यु भएको छ।

तेस्रो मृत्यु महाराष्ट्रमा भएको हो। बीएमसी प्रमुखका अनुसार एक जना ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो।

यसँगै भारतमा यो भाइरसको कारण मर्नेको संख्या तीन पुगेको छ।

भारतीइ स्वास्थ्य विभागका अनुसार अहिलेसम्म १२८ जना यो भारइसबाट संक्रमित बनेका छन्। जसमा महाराष्ट्रका मात्रै ३६ जना रहेका छन्।

अहिले महाराष्ट्रमा स्कुल, कलेज बन्द गरिएको छ भने धार्मिक क्षेत्रमा समेत उपस्थित नहुन भनिएको छ।