कोरोना संक्रमणबाट भारतका एक मन्त्रीको निधन - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

कोरोना संक्रमणबाट भारतका एक मन्त्रीको निधन



एजेन्सी – भारतको उत्तर प्रदेश राज्यका गृहरक्षक मन्त्री चेतन चौहानको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित चौहानको उपचारका क्रममा गुरुग्रामको मेदान्त अस्पतालमा मृत्यु भएको हो ।

पूर्वक्रिकेटरसमेत रहेका ७२ वर्षीय चौहानलाई गत जुलाई १९ मा कोभिड–१९ पुष्टि भएको थियो । चौहान उत्तर प्रदेश सरकारको सैनिक कल्याण, गृहरक्षक तथा नागरिक सुरक्षामन्त्री थिए ।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, गृहमन्त्री अमित शाह लगायतले समवेदना दिएका छन् ।

चौहान भारतीय क्रिकेट टिमको अहम ब्याट्सम्यानको रुपमा रहिसकेका छन् । उनले ४० टेस्ट र ७ एकदिवसीय भारतीय टिमबाट खेलिसकेका छन् ।