भारतीय क्रिकेट समूह तनावमा : अर्का खेलाडीले गुमाए खेल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

भारतीय क्रिकेट समूह तनावमा : अर्का खेलाडीले गुमाए खेल



एजेन्सी – इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकप क्रिकेटमा अपराजित रहेको भारतलाई अर्को झड्का लागेको छ। चोटका कारण यसअघि ओपनर शिखर धवन दुई देखि तीन साताको लागि टिम बाहिर भएका छन्।

भारतलाई फेरी खेलाडीको चोटले सताएको छ। टिमका मुख्य बलर भुवनेश्वर कुमार पनि चोटका कारण करिब ३ खेल गुमाउने भएका छन्। आइतवार पाकिस्तान विरुद्धको खेलमा उनी २.४ ओभर बलिङ गरेपछि घाइते भएका थिए। त्यसपछि उनले बलिङ गरेनन्। उनको बाँकी कोटा विजय शंकरले बलिङ गरेका थिए।

भुवनेश्वर कुमारले अब २ देखि ३ खेल गुमाउने भएका छन्।

कप्तान विराट कोहलीले भुवनेश्वरले अफगानिस्तान र वेष्ट इण्डिजबिरुद्दको खेल गुमाउने बताएका छन्।

भारतले जुन २२ मा अफगानिस्तान र जुन २७ मा वेष्ट इन्डिज विरुद्ध खेल्नेछ। उनले जुन ३० मा हुने इंग्ल्याण्ड विरौधको खेल पनि गुमाउने सम्भावना छ।

कप्तान कोहलीले भुवनेश्वरलाई धेरै चोट नलागेको र सामान्य समस्या मात्र भएको बताएका छन्।