भारतीय चुनावको मतपरिणाम ४ दिनपछि - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भारतीय चुनावको मतपरिणाम ४ दिनपछि



भारतमा लोकसभा चुनाव अन्तर्गत सातौँ तथा अन्तिम चरणको मतदान आइतबार सुरु भएको छ । यो चरणमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान हुँदैछ ।

सातौँ चरण अन्तर्गत उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका ३ र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान हुन लागेको हो । आइतबारको मतदानमा लगभग १० करोड मतदाताले ९०९ उमेदवारको भाग्य फैसला गर्नेछन् ।

यो चरणमा सबैभन्दा बढी वाराणसीको चुनावलाई महत्वपूर्ण मानिएको छ । वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी बीजेपीका तर्फबाट उम्मेदवार छन् । मोदीको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गर्नेछन् ।

यसैगरी उत्तर प्रदेशको गाजीपुर लोकसभा सिटमा केन्द्रीय मन्त्री मनोज सिन्हा चुनावी मैदानमा छन् । उनको सामना गठबन्धनका उम्मेदवार अफजाल अन्सारीले गरिरहेका छन् ।

भारतमा यसअघि ६ चरणका चुनाव भइसकेका छन् । मतपरिणाम मे २३ मा एकै पटक आउने बताइएको छ ।