भारतीय काङ्ग्रेसलाई अर्को ठुलो झट्का - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भारतीय काङ्ग्रेसलाई अर्को ठुलो झट्का



कर्नाटक-भारतको कर्नाटक राज्यका दुई जना विधान सभा सदस्यले सोमबार राजिनामा दिएका छन् ।

काँग्रेसको तर्फबाट विधानसभा सदस्य भएका दुई जनाले राज्य गभर्नर र प्रदेश सभाका सभामुखलाई राजिनामा बुझाएका हुन् ।

विजयनगरबाट विधान सभा सदस्य बनेका आनन्द सिंहले सवैभन्दा पहिले गभर्नर भाजुबी भालालाई राजिनामा दिएका थिए भने त्यसको प्रतिलिपि सभामुख रमेश कुमारलाई बुझाएका थिए ।

सिंहले राजिनामा दिएको केही घण्टापछि गोकाकबाट विधान सभा सदस्य भएका रमेश जार्कीहोलीले पनि विधानसभा सदस्यबाट राजिनामा दिएका छन् । जार्कीहोली मन्त्री बन्न नपाएपछि केही समयदेखि निराश बनेका थिए ।

राजिनामा बुझाएपछि सिंहले पत्रकारहरुसँग भने, “मैले गभर्नरलाई भेटेर राजिनामा दिएको छु, त्यसको प्रतिलिपी सभामुखलाई बुझाएको छु, मलाई शक्तिमा बसिरहने रहर नभएकाले राजिनामा दिएको हुँ । ” एएनआई