भारतीय अवार्डको लागि सरकारले १ अर्ब खर्च गर्ने - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारतीय अवार्डको लागि सरकारले १ अर्ब खर्च गर्ने



काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगत्को राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ बर्ष भइसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ बर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास बोर्डमा थन्क्याइएको छ ।

यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च ब्यहोर्न तत्पर रहेको खबर भने आफैंमा अनौठो देखिएको छ ।

भारतको निजी क्षेत्रबाट संचालन हुने थुप्रैमध्येको एउटा कार्यक्रम इन्टरनेसनल इन्डिया फिल्म अवार्ड(आइफा) को २० औं संस्करण काठमाडौंमा आयोजना गर्न सरकारले आर्थिक र सौजन्य सहयोग गरेर १ अर्ब रुपैंयाँ खर्चने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको छ । -कान्तिपुर दैनिकबाट