भारतीय सैनिकले भरिएको वायुसेनाको विमान किन आयो नेपाल ? - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

भारतीय सैनिकले भरिएको वायुसेनाको विमान किन आयो नेपाल ?



काठमाडौं – भारतीय वायुसेनाको विमान भैरहवा आएको छ। बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणका लागि आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली भैरहवा आएको हो।

विमान आज बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदैछन्।

विमानमार्फत भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित अवतरण गरेको हो। विमानमार्फत ३० जनाको भारतीय सैनिक टोली र
विशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारी साधन ल्याइएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमानसमेत अब यही भएको छ।