भारतमा कोरोना संक्रमित बिरामीले घाँटी काटेर गरे आत्महत्या - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

भारतमा कोरोना संक्रमित बिरामीले घाँटी काटेर गरे आत्महत्या



काठमाडौं- भारतमा एक जना कोरोना संक्रमित बिरामीले अस्पताल भित्र आत्महत्या गरेका छन् ।

आसामका ३० वर्षीय युवकले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

कोरोना भाइरससँग सम्बन्धित लक्षण दखिएपछि ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएका उनको शुक्रबार कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो ।

शौचालयमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

यसअघि पनि नयाँदिल्लीको एक अस्पतालमा भर्ना गरिएका कोरोना शंकास्पद एक विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।