भारत भर्सेस वेष्ट इण्डिज : यस्तो छ बिगत - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारत भर्सेस वेष्ट इण्डिज : यस्तो छ बिगत



एजेन्सी – क्रिकेट विश्वकप २०१९ मा बिहीबार भारत र वेष्ट इण्डिज एक आपसमा भिड्दैछन्।

दुबै टोलीका लागि खेल जित्नु उत्तिकै आवश्यक छ। जितसँगै भारत सेमिफाइनल नजिक पुग्नेछ भने वेष्ट इण्डिजले सेमिफाइनलको सम्भावना बाँकी राख्न जित्नैपर्ने दबाब छ।

प्रस्तुत छ यी टोलीका तथ्यांकहरु

भारत, (हाल विश्व नम्बर २ टोली)
विश्वकपमा यसअघि– दुई पटक च्याम्पियन(१९८३ र २०११)
जारी विश्वकपमा अंक– ५ खेलमा ९ अंक
अवस्था– ४ खेल बाँकी रहँदा सेमिफाइनलमा पुग्न ३ अंक आवश्यक
वेष्ट इण्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने ब्याट्सम्यानः विराट कोहली(१,८४० रन, ७ शतक)
वेष्ट इण्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बलरः रविन्द्र जडेजा(३६ विकेट)
बलियो पक्षः माथिल्लोक्रममा विराट र रोहित शर्मा राम्रो लयमा। विश्व स्तरीय बलिङ आक्रमण।
कमजोर पक्षः मिडिल अर्डर नचलिरहेको। एमएस धोनी र विजय शंकरको स्ट्राइक रेट ७९ मुनि।
इञ्जुरी अपटेडः भुवनेश्वर कुमार अभ्यासमा फर्किएको।

वेष्ट इण्डिज(हाल विश्वनम्बर ७)
विश्वकपमा यसअघि– दुई पटक च्याम्पियन(१९७५ र १९७९)
जारी विश्वकपमा अंक– ६ खेलमा ३ अंक
अवस्था– बाँकी तीन खेल जितेपछिमात्रै गणितीय हिसाबले सेमिफाइनलमा पुग्ने सम्भावना।
भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने ब्याट्सम्यानः क्रिस गेल(१२४१ रन, ४ शतक)
भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बलरः क्रिस गेल(२३ विकेट)
बलियो पक्षः तीव्र गतिका बलरहरु राम्रो लयमा।
कमजोर पक्षः एकदिवसीयलाई पनि टि–२० झै व्यवहार गर्ने प्रवृत्ति।
इञ्जुरी अपटेडः अलराउडर आन्द्रे रसेल इञ्जुरीका कारण नखेल्ने। ओपनर इभिन लुइस समेत घाइते।