यसकारण रोमाञ्चक हुनेछ भारत र वेस्ट ईन्डिजको खेल - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

यसकारण रोमाञ्चक हुनेछ भारत र वेस्ट ईन्डिजको खेल



एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (बिहिबार) भारत र वेस्ट ईन्डिजबीच प्रतिस्पर्धा हुदैछ । ईङ्ल्याण्डको म्यानचेष्टरमा हुने खेलमा नेपाल समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

खेलको तयारीका लागि मंगलबार मैदान पुगेको भारतले खराब मौसकको कारण अभ्यास गर्न पाएन । विराट कोहली नेतृत्वको भारतले विश्वकपमा ५ खेल खेलेको छ । एक खेल रद्व हुदाँ अपराजित भारतले ९ अंक जोडेको छ ।

यता वेस्ट ईन्डिजले पाकिस्तानलाई हराएर विश्वकपमा शानदार सुरुवात गरेको थियो । तर सो लय अन्य खेलमा कायम रहन सकेन । उसले ६ खेलमा मात्र ३ अंक बटुल्यो । म्यानचेष्टरको ओल्डट्राफोर्डमा दुई टिमबीचको खेल रोमाञ्चक बन्ने अपेक्षा गर्न सकिन्छ ।

भारतीय टिमले वेस्ट ईन्डिजविरुद्व टिममा खेलाडी परिवर्तन गर्ने सम्भावना निकै कम छ । तर केदार जाधवको स्थानमा ऋषभ पन्त वा रविन्द्र जडेजालाई अवसर दिन सक्नेछ ।

भुवनेश्वर फिट छन् तर मोहमद सामीलाई बाहिर राख्न सजिलो हुने छैन । उनकै उत्कृष्ट प्रर्दशनमा भारतले अफगानिस्तानलाई हराएको थियो । सो खेलमा उनले ह्याट्रिक विकेट लिएका थिए । भारतलाई पुर्व कप्तान महेन्द्र सिंह धोनीको ब्याटिङको चिन्ता यथावत रहनेछ ।

यता वेस्ट ईन्डिजले पछिल्लो खेल न्युजिल्याण्डविरुद्व खेलेको थियो । तर जितको नजिक पुगेर उसले नतिजा न्युजिल्याण्डलाई सुम्पिन पुग्यो । कार्लोस ब्रेथवेटको शतकिय ईनिङ्सका बाबजुत टिमले हार टार्न सकेन ।

वेस्ट ईन्डिजलाई चिन्ता ब्याट्सम्यानको छ । आन्द्रे रसेल चोटका कारण विश्वकप गुमाएका छन् । बलिङले समेत लय समाउन नसक्दा वेस्ट ईन्डिज फर्ममा आउन सकेको छैन ।

भारत ९ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । वेस्ट इन्डिज ३ अंक सहित आठौं स्थानमा छ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, सुनील एमबरिस, शेलडन कोटरेल, एश्ले नर्स, किमार रोच, ओशेन थोमस, फावियन एलेन र स्यानन गाब्रियल ।

भारत टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, युजभिन्द्र चाहल, मेहन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, मोहम्मद शामी, केएल राहुल, जस्प्रित बुमराह, रिषभ पन्त, रवीन्द्र जडेजा, दिनेश कार्थिक, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, विजय शंकर ।