भारतले २०२५ सम्ममा विश्वको नेतृत्व गर्ने १२ कारणहरू - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतले २०२५ सम्ममा विश्वको नेतृत्व गर्ने १२ कारणहरू



हार्वर्ड विश्वविद्यालयमा हालै प्रकाशित भएको रिपोर्ट अनुसार, “आर्थिक जटिलता वृद्धि प्रक्षेपणमा हेर्दा, आउँदो दशकमा सबैभन्दा तीव्र गतिमा विकसित हुने देशहरूमध्ये भारतको स्थान पहिलोमा छ, जुन वार्षिक ७.९% वार्षिक रहेको छ।”

यस रिपोर्टले बहु उद्योगहरू, वृद्धि विकास र रोजगार सिर्जनामा भारतमा असङ्ख्य अप्रयुक्त अवसरहरू रहेको कुरा सङ्केत गरेको छ। भारतको निरन्तर आर्थिक वृद्धि र वैज्ञानिक उन्नतिले यसलाई विश्वमै सबैभन्दा शक्तिशाली राष्ट्र बनाउने बाटोमा अघि बढाएको छ। सन् २०२५ सम्ममा भारतले विश्वको नेतृत्व गर्ने १२ कारणहरू यहाँ उल्लेख गरिएका छन्।

शिक्षा

भारतमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी जस्ता वैश्विक रूपमा मान्यताप्राप्त उच्च शिक्षण संस्थाहरू रहेका छन्। इन्जिनियरहरू, डाक्टरहरू र वैज्ञानिकहरूको उत्पादनमा भारतमा विश्वमै दोस्रो स्थानमा पर्दछ। अझ प्रविधिको विकास सहित भारत सरकारले इ-सिकाइ र स्मार्ट कक्षाकोठाहरूको विकासमा प्रोत्साहन दिइरहेको छ।

कृषि

सिआईआई-म्याककिन्से रिपोर्ट अनुसार, भारतको कृषि उपज २९.२८ लाख करोड र खाद्यान्न निर्यात ७ लाख करोड पुग्न सक्छ। प्रविधिको तीव्र विकास र बढ्दो ट्र्याक्टर उद्योगले भारतलाई छिटै खाद्यान्न पावरहाउस बनाउँदैछन्।

उर्जा

भविष्यको उर्जा सङ्कटसँग समाधान गर्नका लागि, भारत जलविद्युत निर्माणतर्फ अग्रसर भैरहेको छ। यसले विश्वभरिबाट तेलक्षेत्रहरू प्राप्त गर्ने लक्ष्य लिएको छ। भातरसँग अहिल्यै मध्यपूर्व र रसियाका थुप्रै तेलक्षेत्रहरू छन्। अझ अर्को कुरा, भारत उष्ण कटिबन्ध क्षेत्रमा पर्छ। र प्रविधिको तीव्र विकासले, भारतले नवीकरणीय सौर्य उर्जा सिर्जना गर्नका लागि आफ्नो भौगोलिक स्थितिलाई प्रयोग गर्न सक्छ।

सांस्कृतिक विविधता

भारत विभिन्न संस्कृतिहरू र धार्मिक अभ्यासहरूको मिश्रण हो। भारतको इतिहासले अनेकतातर्फ यसको दीर्घकालीन सहिष्णुता रहेको पुष्टि गरेको छ र यही सहिष्णुताले भारतमा कला र संस्कृतिको प्रवर्द्धन पनि गरेको छ। बलिउड विश्वकै दोस्रो ठूलो फिल्म उद्योग हो। यसको विस्तारित विविधताको कारणले नै हलिउडले यसलाई धेरै पछि पार्न सकेको छैन।

शैन्य शक्ति

भारत विश्वमै सबैभन्दा शक्तिशाली सैनिक शक्तिहरूमध्येको एक हो। भारतको प्रतिरक्षा बजेट अत्यन्त ठूलो छ, र यससँग वैश्विक तहमा उच्च तहको सैनिक प्रविधिको पहुँच पनि रहेको छ। भारतले सैनिक हातहतियार रसिया, युरोप, इज्राएल, र अमेरिकाबाट किन्न सक्छ।

जनसङ्ख्या

आफ्नो जनसङ्ख्याको ६५ प्रतिशत भाग ३५ वर्ष मुनिका नागरिक भएको भारत, विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको देश हो। त्यसैले आउँदा दुई वा तीन दशकमा परिवर्तन ल्याउने सबैभन्दा क्रियाशील जनशक्ति भारतसँग रहेको छ। युवा जनशक्तिले रोजगारका लागि प्रतिस्पर्धामा वृद्धि गर्ने  र यसको नतिजा न्यून श्रमिक खर्चमा व्यापार नाफा वृद्धि हुनेछ।

पर्यटन

भारतको विकास यात्रामा पर्यटन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नेछ। सन् २०१६ मा, भारतको पर्यटन क्षेत्रले ४०.३ मिलियन रोजगारको सिर्जना गरेको थियो र यसले रोजगार दरमा भारतलाई दोस्रो स्थानमा पुऱ्याएको थियो।

आधारभूत संरचना

भारतले अत्याधुनिक तीव्र यातायात प्रणाली विकसित गर्ने लक्ष्य लिएको छ। कोलकाता, मुम्बई, दिल्ली, बेङ्गलुरु, चेन्नई र कोचीजस्ता सहरमा संयोजित मेट्रो रेलहरूको सञ्जाल छ। महिन्द्राजस्ता कम्पनीहरू इ-यातायात(विद्युतबाट चल्ने इलेक्ट्रोनिक वाहनहरू)ले भरिएको भविष्य निर्माण गर्नमा लागि परेका छन्।

आर्थिक वृद्धि

अहिलेको अमेरिकालाई उछिनेर भारत छिट्टै विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ। अहिले भारतको अर्थतन्त्र २.६ ट्रिलियन अमेरिकी डरल छ भने, आर्थिक मामिला सचिव सुवासचन्द्र गर्गका अनुसार, २०२५ सम्ममा यो बढेर ५ ट्रिलियन अमेरिकी डलर हुनेछ। पछिल्ला दुई दशकहरूमा, भारतले उच्च कुल गार्हस्थ उत्पादन प्रदर्शित गरेको छ र यसले प्रतिव्यक्ति आयमा पनि वृद्धि गरेको छ।

विज्ञान र प्रविधि

भारतले विज्ञान र प्रविधिका क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरिरहेको छ। डिजिटाइजेसनमा निरन्तर प्रगति हुँदै गर्दा,  भारतले ब्लक चेन, थ्री-डी पेन्टिङ, मेसिन लर्निङ, र रोबोटिक्समा उल्लेख्य प्रगति गर्नेछ। आर्टिफिसियल इन्टेलिजेन्सतर्फ करिब १५० अमेरिकी डलरको लगानीले भारत भविष्यमा एआइ जाइन्ट बन्नेतर्फ उन्मुख छ।

कुटनीति

भारत सबल कुटनैतिक अडान लिनमा सबल देखिएको छ। कुनै प्रमुख अन्तर्राष्ट्रिय द्वन्द्वमा भारत फँसेको देखिएको छैन, धेरैजसो देशहरूका साथै युरोपेली युनियन, जापान, रसिया र अमेरिकाजस्ता शक्तिराष्ट्रसँग शान्तिपूर्ण सबन्ध कायम राखेको छ।

लोकतन्त्र

भारतको सबैभन्दा ठूलो शक्ति मध्येको एक लोकतान्त्रिक गणतन्त्र हुनु हो। यद्यपि, चीनले पनि विज्ञान र प्रविधितर्फ उन्नति गरेता पनि, उसले आफ्ना नागरिकहरूलाई वाक र अभिव्यक्ति स्वतन्त्रता दिएको छैन। यद्यपि, लोकतन्त्रमा स्वस्थ सरकार सहयोगी हुने भएकाले, भारतले आफ्ना नागरिकहरूलाई आफ्नो नेता छान्ने अवसर दिएको छ।

अनुवादक :- कुमुद अधिकारी