भारतमा झनै तीव्र संक्रमण: संक्रमितको संख्या ५० लाख नाघ्यो - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

भारतमा झनै तीव्र संक्रमण: संक्रमितको संख्या ५० लाख नाघ्यो



काठमाडौं- भारतमा कोरोना संक्रममणका कारण हालसम्म ८२ हजार ९१ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ९१ हजार वढी संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ५० लाख १८ हजार वढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

यसैगरी भारतमा हालसम्म ३९ लाख भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् ।