भारत कोरोना: तीन दिनमा ७ हजार ५ सय संक्रमितको मृत्यु - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारत कोरोना: तीन दिनमा ७ हजार ५ सय संक्रमितको मृत्यु



काठमाडौं- भारतमा पछिल्लो तीन दिनमा सात हजार पाँच सय जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार यो संख्या आउने तीन दिनमा बढ्न सक्ने देखिएको छ ।

भारतमा २४ घण्टामा झन्डै साढे ३ लाख कोरोना संक्रमित थपिएका छन्। लगातार चौथो दिन ३ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो। यस्तो आजसम्म विश्वका कुनै देशमा भएको थिएन।

भारतीय मिडियाका अनुसार पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै यस अवधिमा २ हजार ७ सय ६० संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थपिएकासमेत भारतमा कोरोनाको संक्रमणमा पर्ने व्यक्तिको कूल संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको छ भने सोही कारण मृत्यु भएकाको संख्या १ लाख ९२ हजार १ सय ९९ पुगेको छ।

भारतमा नयाँ भेरिएन्टसँगै कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ।