भारत कोरोनाले झनै थलियो: प्रत्येक दिन रेकर्ड बन्दै - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारत कोरोनाले झनै थलियो: प्रत्येक दिन रेकर्ड बन्दै



काठमाडौँ- भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार ६०९ पुगेको छ । वल्र्डवमिटरको पछिल्लो रिपोर्ट अनुसार भारतमा एकै दिन ३५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको नयाँ रेकर्ड हो ।

योसँगै संक्रमितको संख्या ९ लाख ७० हजार नाघेको छ । विहीबारमात्रै भारतमा ३५ हजारभन्दा बढी संक्रमित फेला परेपछि भारतमा कोरोना संक्रमितको संख्या १० लाख ५ हजार पुगेको हो ।

विहीबारमात्रै ६८० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

६ लाख ३६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९००० संक्रमितको अवस्था गम्भीर रहेको छ ।