भारतको विशाल लक्ष्य, अष्ट्रेलियालाई चुनौती - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतको विशाल लक्ष्य, अष्ट्रेलियालाई चुनौती



एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई जितका लागि ३५३ रनको फराकिलो लक्ष्य दिएको छ ।

लण्डनको केनिङटन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनायो ।

भारतको उच्च लक्ष्यमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए ।

यस्तै कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए ।

हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै २७ रन बनाए ।

अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले एक एक विकेट लिए ।

आज  दुवै टोली जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा रहेका छन् । दुवै टिम जित निकाल्दै आफुलाई उपाधि दाबेदार प्रमाणित गर्न चाहन्छ ।

अघिल्ला दुई खेल जितेको अष्ट्रेलिया लगातार तेस्रो जितको योजनामा हुनेछन् । जसका लागि अष्ट्रेलिया भारतलाई शिकार बनाउन चाहन्छ ।

अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । र, तालिकाको तेस्रो स्थानमा रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो ।

यता, भारत लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको भारत अष्ट्रेलियालाई पनि स्तब्ध बनाउने योजनामा मैदान उत्रने छ ।

भारतले १ खेलबाट २ अंक जोडेको छ । तर, अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा भारत निकै सजग भने हुनेछ ।

दुई टोलीबीचको पछिल्ला नतिजा अष्ट्रेलियाको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा अष्ट्रेलियाले ३ खेल जितेको छ । भारतले २ खेलमा जित निकालेको छ ।

पछिल्लो तीन खेलमा अष्ट्रेलियालाई भारतले हराउन सकेको छैन ।