भारतले भन्यो: लिपुलेकको जमीन हाम्रो हो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

भारतले भन्यो: लिपुलेकको जमीन हाम्रो हो



काठमाण्डौ – दुई दिनदेखि चर्चा र विवादमा रहेको लिपुलेकको बारेमा भारतले मुख खोलेको छ । विज्ञप्ति जारी गर्दै भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ ।

लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ती निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो ।

यो भूमि उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उसको दावी छ । कैलाश मानसरोवर यात्रामा तिर्थालु हिँड्ने रुटमा नै सडक बनाएको भारतले जनाएको छ ।

सीमामा भएका समस्या समाधानको लागि नेपाल र भारतले विभिन्न संयन्त्र बनाएको र तिनै संयन्त्रमार्फत विवादको समाधान निकाल्न सकिने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

दुई देशले विदेश सचिवस्तरीय वार्ताको तयारी भएको र कोरोनाको महामारीपछि छलफल गरिने विज्ञप्तीमा उल्लेख छ ।