भारतले भन्यो: नेपालको आन्तरिक मामिलामा हामीले मतलव गर्दैनौ (वक्तव्य सहित) - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारतले भन्यो: नेपालको आन्तरिक मामिलामा हामीले मतलव गर्दैनौ (वक्तव्य सहित)



काठमाडौं- नेपालमा विकशित पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतले आफूलाई मतलव नभएको आशय ब्यक्त गरेको छ ।

संसद विघटन र नयाँ निर्वाचन घोषणा लगायत पछिल्ला राजनीतिक घटनाक्रमलाई संकेत गर्दै भारतले वक्तब्य जारी गर्दै ति सबै नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

प्रतिनिधिसभा विघटनमा भारतको हात रहेको भन्दै आलोचना खेपेपछि उसले वक्तव्य निकालेको हो । नेपालको स्थायीत्व विकास र समृद्धिमा भारतले निरन्तर सहयोग गर्ने उसले बताएको छ ।

नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको र ती आन्तरिक मामिला भएको बताए ।

प्रवक्ता अरिन्दम बागचीले भने- ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’ छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि जनाएको छ ।