भारतमा एकैदिन संक्रमित र मृतकको संख्या विश्वमै सबैभन्दा धेरै - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

भारतमा एकैदिन संक्रमित र मृतकको संख्या विश्वमै सबैभन्दा धेरै



काठमाडौँ – कोरोना भाइरसका कारण भारत अहिले विश्वकै कम्जोर स्थितिमा पुगेको छ । बितेको चौबिस घण्टामा भारतमा विश्वमै सबैभन्दा धेरैमा संक्रमण भएको छ भने मृत्यु हुनेको संख्या पनि विश्वमै सबैभन्दा बढी छ ।

लगातार दैनिक संक्रमितको संख्या लाख नजिक छ । आज पनि एकैदिन ९६ हजार भन्दा धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ९६ हजार ५५१ मानिसमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार चौबिस घण्टामा कोरोना संक्रमणका कारण १२०९ जनाको मृत्यु भएको छ।

अहिले भारतमा ९ लाख ४३ हजार ४८० सक्रिय कोरोना संक्रमित छन् भने ३५ लाख ४२ हजार भन्दा धेरै मानिसहरु संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या भारतमा ७६ हजार २७१ पुगेको छ।