भारतले पानी थुनिदियो, विद्युत उत्पादन ठप्प - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

भारतले पानी थुनिदियो, विद्युत उत्पादन ठप्प



नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठी सुरजपुरामा रहेको गण्डक जल विद्युत केन्द्रबाट उत्पादन ठप्प भएको छ।

भारतले गण्डक नहरमा पानी बन्द गरेपछि १५मेगावाट क्षमताको विद्युत् उत्पादन ठप्प भएको हो। यो खबर अजको नयाँ पत्रिका दैनिकमा ज्ञानु पंगेनीले लेखेकी छन्।

भारत सरकारले नहर मर्मत र सरसफाईका लागि प्रत्येक वर्ष ४० दिनसम्म पानी रोक्ने गर्ने गरेको छ । अहिले २५ अक्टुबरदेखि भारतले नहरमा पानी बन्द गरेपछि उत्पादन हुन छाडेको पावर हाउसका प्रमुख कपिलदेव महाजनले बताए।

१५ मेगावाट क्षमता रहेको पावर हाउसबाट पछिल्लो समय चार मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । तीन वटा टर्वाइनमध्ये एउटा मात्रै सञ्चालनमा रहको छ । दुई वटा टर्वाइन बिग्रेपछि चार मेघावाट मात्रै विद्युत उत्पादन हुन थालेको हो।