भारत–पाकिस्तान : प्लेयर्स टु वाच - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

भारत–पाकिस्तान : प्लेयर्स टु वाच



एजेन्सी – राजनीतिक तनाव र भारतले पाकिस्तानसँग द्विपक्षीय शृंखला खेल्न अस्वीकार गरेपछि कुनै पनि फर्म्याटको क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र यी दुई टिम आमनेसामने हुनेछन् । त्यसैले दुवै टोलीका खेलाडीका लागि पनि भावनात्मक रूपमा अपेक्षा र दबाब उत्तिकै रहन्छ ।

एसियाली महारथी टोलीबीचको विश्वकप नतिजा भने अहिलेसम्म एकपक्षीय नै छ । एकदिवसीय क्रिकेटको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यसअघिका सबै ६ भेटमा भारत विजयी भएको छ । हामीले भारत र पाकिस्तानको अर्को महाभिडन्तअघि विश्वकप खेल प्राभाव पार्ने दुई  खेलाडीको अवस्था यस्यो छ  ।

इमाम उल हक (पाकिस्तान)
२०१७ मा एकदिवसीय डेब्यु खेलमै शतक प्रहार गरेर सनसनी मच्चाएका २३ वर्षीय पाकिस्तानी ओपनर इमाम उल हकले जारी विश्वकपका २ खेलमा एकरूपमा प्रदर्शन गरेका छन् । उनले इंग्ल्यान्डविरुद्ध ४४ र अस्ट्रेलियाविरुद्ध ५३ रन प्रहार गरेका थिए । उल हक अहिले जसप्रित बुमराहको आक्रमणको सामना गर्ने रणनीति बुनिरहेका छन् । पाकिस्तानबाट ३१ एकदिवसीयमा उनले ५७.१५ को औसतसहित १ हजार ४ सय ८६ रन बटुलेका छन् ।

महेन्द्रसिंह धोनी (भारत)
विश्वकपमा पाकिस्तानविरुद्धको दुई जितमा धोनीको कप्तानी पनि निर्णायक थियो । कप्तानीको जिम्मेवारीबाट मुक्त भएपछि धोनीले विकेटकिपिङ र ब्याटिङका लागि प्रशस्त समय पाएका छन् । मैदानमा विराट कोहलीको सहयोगीका रूपमा पनि उनैलाई देख्न सकिन्छ । भारतीय ब्याटिङ क्रममा मध्यक्रमको नेतृत्व गर्ने धोनीले ३ सय ४३ एकदिवसीय खेलमध्ये २ सय ९१ इनिङ्समा १० हजार ५ सय ६२ रन प्रहार गरेका छन् ।