भारतलाई पाकिस्तानको कडा चेतावनी - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

भारतलाई पाकिस्तानको कडा चेतावनी



एजेन्सी- पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीले जम्मु–काश्मिरमा अनुच्छेद ३७० समाप्त पारेर भारतले निकै खतरनाक खेल खेलिरहेको टिप्पणी गरेका छन्। ‘यसको असर पूरै क्षेत्रमा निकै भयानक हुन सक्छ,’ उनले भनेका छन्, ‘प्रधानमन्त्री इमरान खान काश्मिर समस्यालाई समाधान दिन चाहनुहुन्थ्यो, तर भारतको निर्णयले समस्या झन् जटील बनेको छ।’

विदेशमन्त्री कुरेसीले भारतले कश्मिरीलाई झन् कैद गरेको भन्दै आफूहरुले यस विषयमा संयुक्त राष्ट्रसंघलाई सूचित गरेको बताएका छन्। उनले पाकिस्तान कश्मिरीको साथमा रहने पनि बताएका छन् ।