भारतको निष्कर्ष : ओली सरकारबाट नेपाल-भारत सम्बन्ध झन् बिग्रियो - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

भारतको निष्कर्ष : ओली सरकारबाट नेपाल-भारत सम्बन्ध झन् बिग्रियो



नयाँदिल्ली – भारतले नेपालसँगको आफ्नो सम्बन्ध राम्रो नभएको निष्कर्ष निकालेको छ । भारतले आफूले लगाएको नाकाबन्दीपछाडि नेपालसँग सम्बन्ध सुध्रिन नसकेको, पुरानो अवस्थामा फर्किन नसकेको निष्कर्ष निकाल्दै विदेश मामिला विज्ञहरूले चासो व्यक्त गर्न थालेका छन्।

केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि झन् तिक्ततापूर्ण सम्बन्ध बनेको र नेपालले भारतसँग सरोकार भएका मुद्धामा चासो नदिएर चीनपरस्त बनेको आरोप समेत भारतले लगाएको छ । भारतले नेपालबाट आफू सुरक्षित नभएको निष्कर्ष निकाल्दै सुरक्षा निकायसँग परामर्श समेत गरेको छ ।

जानकारका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिसँग जोडेर भारतले सुरक्षाको कुरा निकालेको हुनसक्ने बताउँछन् ।

सुरक्षा निकायले भने यो गम्भीर बिषय भएकोले नपालसँग सम्बन्ध र सुरक्षाको बिषयलाई गम्भीर रूपले लिएको छ । उनीहरूले गम्भीर सुरक्षा पनि ब्यक्त गरेका छन्।

भारतीय सेनाको केन्द्रीय कमाण्डले असार ११ गते उत्तर प्रदेशको राजधानी लखनउमा नेपाल मामिलामा सम्मेलन नै आयोजना गरी सुरक्षा चासोमाथि छलफल गरेको छ। भारतीय सेनाले विशेष अवस्थामा मात्रै यस्तो छलफल आयोजना गर्ने गरेको सुरक्षा विज्ञहरू बताउँछन्।

नेपालको पछिल्लो भारतविरोधी जनमतलाई सकारात्मक बनाउन सकिन्छ भन्ने बिषयमा उनीहरूले विमर्श गरेको सञ्चारमध्यमहरूले जनाएका छन् । नाकाबन्दीपछि नेपालमा बढेको भारतविरोधी जनतमतलाई सामान्य अवस्थामा फर्काए भारतको सुरक्षा चुनौती कम हुने उनीहरूको सम्मेलनले निष्कर्ष निकालेको छ ।

भारतले सम्बन्धमा सुधार ल्याउन प्रधानमन्त्री ओलीसँग निकै प्रयास गरेको बताइएको छ। राष्ट्रपति भवनमा गरिएको स्वागतदेखि मोदीको भ्रमणमा मोदीले निकै प्रयास गरेको तर ओली सकारात्मक भए पनि जनस्तरमै भारतविरोधी छाप मेटाउन नसकिएको उनीहरूको निष्कर्ष छ ।