भारत र न्युजिल्यान्डको खेल रद्द हुने चर्चा : के होला नतिजा ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भारत र न्युजिल्यान्डको खेल रद्द हुने चर्चा : के होला नतिजा ?



एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा पहिलो सेमिफाइनल खेलको लागि  दिउँसो भारत र न्युजिल्यान्ड भिड्दैछन् । जसरी समुह चरणमा यी दुवै विरुद्धको खेल वर्षाको कारणले रद्ध हुन पुगेको थियो । त्यसैगरी भोलि हुने खेल पनि वर्षाको कारणले अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।

मौसम एजेन्सी ‘एक्युवेदर डट कम’का अनुसार खेल हुने स्थान म्यानचेस्टरमा पानी पर्ने सम्भावना ६० प्रतिशत छ । यदी भोलि वर्षाको कारणले खेल अवरुद्ध भएमा सेमिफाइनल खेल पर्सि हुनेछ । तर, उक्त मौसम विभागका अनुसार नै पर्सी बुधवार पनि पानी पर्ने सम्भावना ६५ प्रतिशत रहेको बताएको छ ।

यदी वर्षाकै कारणले दुई दिन खेल हुन नसकेमा बिना टस खेल रद्ध हुनेछ र बढी अंक भएकोले भारत फाइनलमा पुग्नेछ ।

समुह चरणको खेलमा भारतले ९ खेलमा ७ खेल जितेको थियो भने एक खेलमा पराजित भएको थियो त्यस्तै एक खेल वर्षाका कारण रद्ध भएको थियो । यता न्युजिल्यान्ड भने ९ खेलमा ५ खेल जित र ३ खेलमा पराजित भएको थियो त। एक खेल भने वर्षाका कारणले रद्ध भएको थियो ।