भारतको मतदान केन्द्रमै झडप, २ शव भेटियो - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतको मतदान केन्द्रमै झडप, २ शव भेटियो



नयाँ दिल्ली -भारतको पश्चिम बंगाल राज्यमा भारतीय जनता पार्टी र त्रिणमूल काँग्रेसका कार्यकर्ताबीच मतदान केन्द्रमै झडप भएको छ।

बांकुरास्थित बुथ नंबर २५४ मा कार्यकर्ताबीच झडप भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

सोही क्षेत्रमा आइतबार विहान दुई शव भेटिएका थिए। भारतीय जनता पार्टीका बुथ प्रतिनिधि रामेन सिंहको शव भेटिएको थियो।

त्यसैगरी त्रिणमूल काँग्रेसका एक कार्यकर्ताको समेत गोली लागेर मृत्यु भएको अवस्थामा शव भेटिएको जनाइएको छ।

त्यहाँ आफ्ना कार्यकर्ताको हत्या भएपछि दुवै पार्टी आरोप र प्रत्यारोपमा उत्रिएका छन्।

भारतमा आइतबार छैटौं चरणको लोकसभा निर्वाचन जारी छ। यस चरणमा ६ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको हो।

उत्तर प्रदेशमा १४, हरियाणामा १०, बिहारमा ८, पश्चिम बंगालमा ८, मध्य प्रदेशमा ८, दिल्लीको सबै ७ र झारखण्डको ४ सिटमा मतदान भइरहेको हो। एजेन्सी