२० जना मन्त्रीको सामुहिक राजीनामा: भारतमा तनाव - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

२० जना मन्त्रीको सामुहिक राजीनामा: भारतमा तनाव



काठमाडौं – २० जना मन्त्रीहरूले सामुहिक राजीनामा दिएपछि भारतको राजनीतिमा उथलपुथलको हुने भएको छ ।

२० जना मन्त्रीहरूले एकैसाथ राजीनामा दिएसँगै त्यहाँ राजनीतिक उथलपुथलका संकेत देखिएको हो ।

अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् ।

यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो ।

भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विधायकसहित २० जनाको टोली गोप्यरूपमा बेंगलोर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेको समेत खुलेको छ ।

यसले मध्यप्रदेशको राजनीतिमा उथलपुथलको संकेत देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ अचानक दिल्ली पुगेलगत्तै राजनीतिक परिदृष्यले नयाँ मोड लिएको थियो ।