भारतले बंगलादेशसँगको खेल हार्ने विश्लेषकको दाबी : यस्तो छ कारण - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भारतले बंगलादेशसँगको खेल हार्ने विश्लेषकको दाबी : यस्तो छ कारण



काठमाडौं – जारी आईसीसी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र बंगलादेशबीच हुने खेलको सर्वत्र चर्चा छ । पछिल्लो खेलमा भारतको प्रदर्शन राम्रो नभएको आलोचना भैरहेको बेला भारत थप दबाबमा छ ।

भारत आजको खेलमा विजयी भए सेमिफाईनलमा प्रवेश गर्ने छ । जारी विश्वकपमा भारत ७ खेलमा ५ मा जित र १ मा हारका साथ ११ अंक बटुल्दै दोस्रो स्थानमा रहेको भारतले आजको खेलमा पनि हार बेहोर्ने जानकारहरूले बताएका छन्  ।

एकातिर चोटग्रस्त भारतले बंगलादेशलाई हराउन सहज परिस्थिति छैन र अर्कोतिर इंग्ल्याण्ड संग पराजित भएपछी थप उसमाथि दबाब छ ।

ओपनर शिखर धवन र विजय शंकर चोटका कारण विश्वकपबाट बाहिरि सकेका छन् । धवन बाहिरिँदा भारतले पछिल्ला तीन खेलमा ओपनिङ राम्रो गर्न सकेको छैन । चौथो नम्बरमा आजको खेलमा पनि भारतले ऋषभ पन्तलाई मैदान उतार्ने संभावना उच्च छ । त्यस्तै आजको खेलमा केदार जाधबको स्थानमा रविन्द्र जडेजालाई मैदान उतार्न सक्ने प्रबल सम्भावना छ । इंग्ल्यान्डसँगको खेलमा १३ बलमा १२ रनमात्रै बनाउन सकेको भन्दै केदारको चर्को आलोचना भई रहेको छ ।

यसै मैदानमा इंग्ल्यान्डसँगको खेलमा कुलदीप यादव र युजभेन्द्र चहलले खराब प्रर्दशन गरेका थिए । पिच स्पिनर उपयोगि नहुँदा यी दुई जोडीमध्य एकलाई बेन्चमा राख्दै तीब्र गतिका बलर भुवनेश्वर कुमारलाई मैदान उतार्न सक्ने सम्भावना पनि त्यतिकै छ । शीर्षक्रमका ब्याट्सम्यान रोहित शर्मा र विराट कोहलीको प्रर्दशनमा निर्भर भारतीय ब्याटिङ यी दुई सस्तैमा आउट भए ठूलो संकटमा पर्न सक्छ । इंग्ल्यान्डसँगको खेलमा ५ विकेट लिएका मोहम्मद सामी आजको खेलमा पनि घातक बन्न सक्छन् । जसप्रित बुमराह भारतका प्रमुख बलिङ हतियार हुन् ।

यता सेमिफाइनल पुग्ने अंकगणीतिय संभावना बाँकी रहेको बंगलादेश आजको खेलमा पराजित भए प्रतियोगिताबाट बाहिरिने छ । अंकगणितीय संभावना कायमै राख्न बंगलादेशलाई आजको खेल जित्नै पर्ने दबाब पनि छ ।

उत्कृष्ट लयमा रहेका अलराउण्डर सकीब अल हसनको प्रर्दशन बंगलादेशका लागि निकै महत्वपूर्ण हुने छ । सकीबले ६ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ४ सय ७६ रन बनाउनुको साथै १० विकेट लिई सकेका छन् । ब्याटिङ उपयोगी पिचमा ओपनर तामिम इकवाल र विकेटकीपर मुश्फिकुर रहिमको प्रर्दशन पनि महत्वपूर्ण रहेने छ । मोहम्मद सैफुद्धीन र मुस्ताफिजुर रहमान उसका बलिङ हतियार हुन् । बंगलादश ७ खेलमा ३ मा जित र ३ मा हारका साथ सातौं स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध हुँदा अंक बाडेंको थियो ।

सन् २००७ को विश्वकपमा बंगलादेशले भारतलाई ५ विकेटले पराजित गर्दै सनसनी मच्चाएको थियो । सन् २०११ र २०१५ को विश्वकपमा भने बंगलादेश भारतसँग पराजित भएको छ । बंगलादेश र भारतबीच कुल ३५ वान डे खेल भएको छ । जसमा भारत २९ खेलमा विजयी हुँदा ५ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहिन छ । पछिल्लो समय गत सेप्टेम्बरमा भएको एसिया कप फाईनलमा भारतले बंगलादेशलाई अन्तिम बलमा ३ विकेटले पराजित गरेको थियो ।