भारतका कारण नेपालमा कर घटाउनैपर्ने दबाब - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

भारतका कारण नेपालमा कर घटाउनैपर्ने दबाब



काठमाडौं- भारत सरकारले बजेटमार्फत कर दरमा भारी छुट दिएसँगै नेपाललाई पनि कर घटाउनै पर्ने दबाब परेको छ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार बिहान ३ खर्ब ७९ अर्ब ७७ करोड अमेरिकी डलर (२६९ खर्ब ८५ अर्ब भारु) को बजेट प्रस्तुत गर्दै आयकरको सीमामा ५ लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुनपर्ने व्यवस्था मिलाइएकी छन्।

त्यतिमात्र होइन, साढे सात लाखसम्म आम्दानी गर्नेलाई अब १० प्रतिशत मात्रै आय कर तिरे पुग्ने भएको छ। यो खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्।

यसअघि यो व्यवस्था २० प्रतिशत मात्रै थियो। भारतले करका दरमा व्यापक हेरफेर गर्दा त्यसले नेपाली लगानी भारतमा विस्तार हुन सक्ने अवस्था देखिएको विश्लेषकहरु बताउँछन्।