भारत र जापान कोरोनाको उच्च जोखिममा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारत र जापान कोरोनाको उच्च जोखिममा



एजेन्सी- भारत र जापानमा गएको २४ घण्टामा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित थपिएका छन्।

कोरोना भाइरसबाट दैनिक मानिसहरु विश्वभर संक्रमित बनिरहेका छन्।

दैनिक संक्रमित दरलाई हेर्दा भारत र जापानमा हालसम्मकै बढी संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

गएको २४ घण्टामा भारतमा एक हजार ३५ कोरोना संक्रमित थपिएका हुन्। सोही अवधिमा भारतमा ४० भन्दा बढीको मृत्यु भयो।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ। त्यहाँ २४९ को मृत्यु भइसकेको छ।

यस्तै जापानमा गएको २४ घण्टामा ६५८ नयाँ कोरोना संक्रमित थपिए। सोही अवधिमा जापानमा ६ जनाको ज्यान गयो।

यससँगै जापानमा कोरोना संक्रमितको संख्या ६ हजार ७१७ पुगेको छ। त्यहाँ १०५ को मृत्यु भइसकेको छ।