भारतमा जोखिम कम भएको अनुमान: घट्न थाल्यो कोरोना संक्रमण - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

भारतमा जोखिम कम भएको अनुमान: घट्न थाल्यो कोरोना संक्रमण



एजेन्सी- भारतमा कोरोना भाइरसको संक्रमण घट्न थालेको छ। पछिल्ला तीन साता याता भारतमा कोरोना संक्रमण निरन्तर ओह्रालो यात्रामा छ।

तीन साताको तथ्यांकलाई हेर्दा भारतमा कोरोना महामारिको ‘पिक’ चरण सकिएको अनुमान गरिएको छ। संक्रमणका कारणले भइरहेको मृत्युको तथ्यांकसमेत यो साता घटेको छ।

पछिल्ला सात दिनमा कोरोनाका कारण भारतमा ७ हजार १४३ जनाको मृत्यु भयो। मृत्युको यो तथ्यांक पछिल्लो चार साताको तुलनामा निकै कम हो। १४ देखि २० सेप्टेम्बरका बीचमा सबैभन्दा धेरै ८ हजार १७५ जनाको मृत्यु भएको तथ्यांक थियो।

यसका साथै ७ देखि १३ सेप्टेम्बरको बीचमा कोरोनाका नयाँ संक्रमित ६ लाख ४५ हजार जना रहेक थिए। तर यो साता नयाँ संक्रमितको संख्यामा १५ प्रतिशतले गिरावट आएको छ। यो साता भारतमा ५ लाख ५० हजार नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो साताको तुलनामा यो साता ३९ हजारले कम नयाँ संक्रमित भेटिएको भारतीय संचारमाध्यमले जनाएका छन्। पछिल्लो साता भन्दा यो साता ६ दशमलव ६ प्रतिशत नयाँ संक्रमित भेटिएका छन्। गत साताको तुलनमा यो साता कोरोना संक्रमणबाट हुने मृत्यु १३ प्रतिशत कम भएको छ।

आइतबार भारतमा ७७ हजार १०० जना कोरोनाका नयाँ संक्रमित भेटिए। जबकी शनिबार ७५ हजार १८६ जना नयाँ संक्रमित थपिएका थिए। आइतबार महाराष्ट्रमा १३ हजार ७०२ नयाँ संक्रमित थपिएका छन्, भने ३२६ जनाको मृत्यु भएको थियो।

समग्रमा कोरोना संक्रमण घटेको देखिएपनि भारतका केही ठाउँमा भने संक्रमण बढेको देखिएको भारतीय संचार माध्यमले जनाएका छन्। कर्नाटकमा आइतबार १० हजार १४५ नयाँ संक्रमित थपिएका थिए। कर्नाटकमा एक सातामा तेस्रो पटक १० हजार भन्दा धेरै संक्रमित भेटिएका हुन्।