भारतमा अचम्मको घटना: संक्रमितले डाक्टरलाई थुकेपछि... - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

भारतमा अचम्मको घटना: संक्रमितले डाक्टरलाई थुकेपछि…



एजेन्सी- कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । यस भाइरसका कारण थुप्रै मानिसहरुले अकालमै ज्यान गुमाएका छन् । भारतमा पनि कोरोना भाइरसले त्रास फैलाइरहेको छ ।

९ हजार २ सय ५ जनामा कोरोनाले संक्रमण फैलाएको छ । भारतमै यस भाइरसका कारण ३ सय ३१ जनाले ज्यान गुमाएका छन् । १ हजार ८० जना भने पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।

भारतको तमिल नाडुमा एक अनौठो घटना घटेको छ । सरकारी अस्पतालमा भर्ना भएका ४० वर्षीय कोरोना संक्रमितले डाक्टरलाई थुकेका छन् । उक्त बिरमीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

बिरामीबिरुद्ध आइपीसीको धारा ३०७ अर्थात ज्यान मार्ने प्रयास गरेको मुद्धा लगाइएको छ । प्रहरीका अनुसार कोरोनाको संक्रमण रोक्न थुप्रै प्रतिबन्धहरु लगाइएको छ ।

यस्तो अवस्थामा डाक्टरलाई थुक्नु गम्भीर अपराध रहेको प्रहरीले बताएको छ । यसका साथै संक्रमण भएको पत्ता लागेपछि बिरामीलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो ।

जब डाक्टर बिरामीलाई जाँच गर्नका लागि पुगे तब ती संक्रमितले मास्क निकालेर डाक्टरको अगाडि फाले । संक्रमितले उपचारमा असहयोग गरेको पनि आरोप छ ।