भारतमा अन्तराष्ट्रिय सबै उडान प्रतिबन्ध: सबै काम घरबाटै गर्नुपर्ने - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भारतमा अन्तराष्ट्रिय सबै उडान प्रतिबन्ध: सबै काम घरबाटै गर्नुपर्ने



एजेन्सी- भारतले मार्च २२ देखि अन्तर्राष्ट्रिय सबै उडान तथा अवतरणमा प्रतिबन्ध लगाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण तिब्ररुपमा फैलिएको छ । मृत्यु हुनेको संख्या चार पुगेको छ ।

ज्यान गुमाउनेको संख्या चार पुगेसँगै भारत सरकारले ६५ वर्षमाथिका र १० वर्ष मुनीका व्यक्तिलाई घरमै बस्न आग्रह गरेको छ ।

भारत सरकारले निजी कम्पनी र सरकारी कार्यालयलाई सकभर वर्क फ्रम होम लागू गर्न निर्देशन दिएको छ ।

कोरोना भाइरसबाट पञ्जाबमा एक जनाको मृत्यु भएको हो ।

संक्रमितको संख्या १ सय ७८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।