भारतमा एकैदिन दुई लाख १६ हजार संक्रमित, ११ सय बढीको मृत्यु - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

भारतमा एकैदिन दुई लाख १६ हजार संक्रमित, ११ सय बढीको मृत्यु



काठमाडौ- भारतमा हालसम्मकै बढी संक्रमित भातिएका छन् । पछिल्लो २४ घन्टामा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका हुन्।

यससंगैभारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४०पुगेको छ। विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३७ लाख ५८ हजार ९३ संक्रमित रहेका छन्। दुबै देशका ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ११ सय ८३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७४ हजार ३३५ पुगेको छ।भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।

संक्रमितमध्ये एक करोड २५ लाख ४३ हजार ९७८ जना निको भइसकेका छन् भने १५ लाख ९६ हजार ४२७ सक्रिय संक्रमित रहेका छन्।