भारतमा एकैदिन ५३ हजार बढी संक्रमित पुष्टि - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

भारतमा एकैदिन ५३ हजार बढी संक्रमित पुष्टि



काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार वढी कोरोना संक्रमित पुष्टि भएको छ । उक्त संख्या यो वर्षकै सबैभन्दा धेरै हो ।

यो सँगै त्यहाँ संक्रमितको संख्या १ करोड १७ लाख ८७ हजार १३ पुगेको छ । भारतमा हालसम्म १ करोड १२ लाख २९ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् ।

अब भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ९६ हजार ६९६ छ ।यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप २४९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७२६ पुगेको छ ।